नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशप्रति खुशी साटासाट गरेका छन् ।
चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्न भरतपुर पुगेका अध्यक्षद्वय प्रचण्ड र नेपालले सर्वोच्चको फैसला आए लगत्तै एक-अर्कालई लड्डु खुवाएर खुशी साटासाट गरेका हुन् ।
बुधबारका लागि तय भएको प्रचण्ड-माधव समूहको विरोधसभा अब विजयी सभामा परिणत हुने बताइएको छ ।
प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरे । उनले प्रधानमन्त्रीमा अलिकति लाज, घिन र नैतिकता बाँकी भए राजीनामा दिन आग्रह गरेका हुन् ।
प्रचण्डले ओलीसँग गएका सांसदलाई आफूहरूले नेतृत्व गरेको नेकपामा आउन र आफूहरू स्वागतका लागि तयार रहेको बताए ।
उनले प्रतिनिधिसभा विघटनविरुद्ध लागेका सबै संघ–संस्था, राजनीतिक दल, नागरिक समाज, कानुन व्ययवसायी सबैलाई धन्यवाद दिए ।