लिस्वन (पाेर्चुगल) : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे प्रतिनिधिसभा विघटनकाे प्रस्तावसँगै नेपाल कम्युनिष्ट पार्टीमा फुट आएकाे छ । विघटनसँगै पार्टी ओली समूह र प्रचण्ड-माधव समूहमा विभाजन भएसँगै पाेर्चुगलकाे प्रवासी नेपाली एकता मञ्च पनि विभाजित भएको छ ।
मञ्चका संयाेजक गाेविन्द पाैडेलले मञ्च छाेडेर बाहिरिएका छन् । पाैडेलले मञ्च छाेडेपछि गत शुक्रबार मञ्चका जेष्ठ सदस्य प्रेमचन्द्र भण्डारीकाे अध्यक्षतामा गत शुक्रबार बसेकाे भेलाले रिक्त रहेकाे संयाेजक पदमा राजेन्द्र गाैतमलाई चयन गरेकाे हाे ।
भेलाले गाैतमसहित ४५ जनाकाे कार्यसमिति पुनर्गठन गरेकाे हाे । भेलाले मन्चकाे सहसंयाेजकमा रूपेन्द्र धमला, सहसचिवमा युवराज खनाललाई सर्वसम्मतीले चयन गरेकाे थियाे ।
बृहत् भेलाले संयाेजक, सहसंयाेजक र सहसचिव चयन गरेकाे भएपनि अन्य रिक्त रहेकाे पदहरू कार्यसमितिकाे बैठकले पूर्ति गर्दै जाने नवनियुक्त संयाेजक गाैतमले जानकारी दिए ।
“बृहत् भेलाले तीन वटा रिक्त पदमा पदपूर्ति गरेकाे छ, अब बस्ने कार्यसमितिकाे बैठकले रिक्त रहेका पदमा पदपूर्ति गर्दै जिम्मेवारी थप गर्दै लाने छाै” उनले भने “अबकाे नयाँ कार्यसमितिकाे बैठकले क्षेत्रीय समितिहरू पनि विस्तार गर्दै लानेछाै ।”
मञ्चले रिक्त रहेकाे पदपूर्ति, संगठन विस्तारसम्बन्धी छलफल गर्न गत शुक्रबार भेलाकाे आयाेजना गरेकाे थियाे ।