एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कूटनीतिक ब्रिफिङ दिन नहुने बताएका छन् ।
राष्ट्रपति बनेपछि सिबिएस न्यूजसँगको पहिलो अन्तर्वार्तामा उनले ट्रम्पको अस्थिर वा अनिश्चित व्यवहारका कारण महत्वपूर्ण कूटनीतिक जानकारी दिनु उपयुक्त नहुने बताएका हुन् ।
अमेरिकामा पूर्व राष्ट्रपतिलाई समेत राष्ट्रिय सुरक्षा सम्बन्धी जानकारी दिने परम्परा तोडिनुपर्ने पक्षमा आफु रहेको बाइडेनले बताए ।
उनले गोप्य सूचनाहरु आफूमा मात्रै सीमित गर्ने क्षमता ट्रम्पमा छ भने विश्वास गर्न नसकिने उल्लेख गरे । निर्वतमान राष्ट्रपति ट्रम्पको चार बर्षे कार्यकाल कुटनीतिक समुदायसँग तनावपुर्ण सम्बन्धका विच वितेको थियो ।