ओलीलाई साधारण सदस्यबाट हटाउने प्रचण्ड-माधव समूहको निर्णय

काठमाडौं : नेकपाको प्रचण्ड-माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएको छ । पार्टी कार्यालय परिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।

बैठकपछि संचारकर्मीहरु कुरा गर्दै प्रचण्ड-माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्षसमेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंघन गरेकोले कारबाही गरेको जानकारी दिए ।

प्रधानमन्त्रीले संसद विघटनगरे लगत्तै असन्तुष्ट बनेका प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीलाई यसअघिको बैठकले कारबाही किन नगर्ने भनि स्पष्टीकरण सोधेको थियो ।

यस्तै आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टी केन्द्रिय कार्यालयको सचिवमा स्थायी समिति सदस्य गंगालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । प्रचण्ड-माधव पक्षको स्थायी कमिटीको अर्काे बैठक दुई दिनपछि बस्ने भएको छ ।