एजेन्सी : भारत सरकारले राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाएको छ । आतंकवादी संगठनले हमला गर्ने तयारी गरिरहेको सूचना पाएपछि सतर्कता बढाइएको हो ।
भारतीय सञ्चारमाध्यमले आगामी मंगलबार आतंकवादी संगठनले दिल्ली, अयोध्या र बोधगयामा हमला गर्ने तयारी गरिरहेको सुचना प्राप्त भएको जनाएका छन् ।
रोहिंग्या घुसपैठको एक समूहले दिल्लीमा हमला गर्ने तयारी गरेको सुचनाका आधारमा सतकर्ता बढाइएको हो । देशका धेरैवटा उग्रवादी संगठनले आतंकवादीसँग समन्वय गरेको सुचनाका आधारमा दिल्लीमा उच्च सतकर्ता अपनाइएको हो ।
आक्रमणका लागि खालिस्तान, उत्तरपूर्वी राज्यका उग्रवादी संगठन र जम्मु कश्मिरका केही आतंकवादी संगठन एक भएको बताइएको छ । प्रहरीले घुसपैठ गरेका आठ रोहिंग्यालाई उत्तम नगर र दिल्लीबाट पक्राउ गरेको छ ।
दिल्लीसहित देशका कुनै पनि स्थानमा हत्या हिंसाका घटना हुनुसक्ने पूर्वानुमान गरेर सुरक्षा निकायलाई सतर्क अवस्थामा राखेको छ । आतंकवादीले जारी किसान आन्दोलनको आड पनि लिन सक्ने आशंका सरकारको छ ।