भारत लैजाँदै गरिएका ४ महिलाको कञ्चनपुरबाट उद्धार

कञ्चनपुर : पश्चिमी सीमा नाका हुँदै भारत लगिदैँ गरेका चार जना महिलाहरुको कञ्चनपुरबाट सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ ।

पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारतको दिल्ली जान लागेका झापाको दमक नगरपालिका ७ बस्ने १८ वर्षीया मातृका घिमिंरे, २३ वर्षीया रोजिना घिमिंरे, सोही ठाउँ बस्ने २७ वर्षीया सुदिपा मिश्रा र मकवानपुरको हेटौडा उपमहानगरपालिका ७ बस्ने २१ वर्षीया सुमिता स्याताङ्नको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई ललाईफकाई भारत हुँदै तेस्रो मुलुक लैजान लागेको आशंका प्रहरीले गरेको छ । उनीहरुलाई भारत लैजाँदै गरेकी झापाको दमक नगरपालिका वडा नम्बर ७ बस्ने २८ वर्षीया रोसनी घिंमिरेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका पाँचै जनालाई शान्ति पुनस्र्थापना केन्द्र गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।