नेपाली जन प्रगतिशिल मोर्चा पोर्तुगलले सामाजिक संस्था र ब्यापारिक आबरणमा नेपालीले नेपालीलाई ठगी गरेका घटनाहरु प्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको बताउदै तत्काल गल्ती सच्याउन अन्यथा सामाजिक र कानुनी कार्यबाहीका लागि गरिने संघर्षको लागि तयार रहन चेतावनी दिएको छ ।
मोर्चाका अध्यक्ष पूर्ण बहादुर विश्वाकर्म द्वारा ध्यानाकर्षण पत्रमा केही दिन अघी सार्वजनिक भएका लक्ष्मी ट्राभल र एनआरएनए पोर्तुगलको पासपोर्ट सहजिकरणका नाम भएका आर्थिक छलछामका घटनाको उल्लेख गर्दै यस्त घटना नदोहर्याउन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ । घटनाबारे सत्य तथ्य बुझ्दा पीडितहरुलाई अन्याय गरिएको भेटिएको र भबिष्यमा यस् खाले घटना दोहरिएमा सम्बन्धित पक्षलाई कार्यबाहिको दाँयारामा ल्याइने उल्लेख गरिएको छ ।
बिज्ञप्ती जस्ताको तस्तै