नेकपा सचिवालय बैठकमा ओलीले प्रस्तुत गरे प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले आफ्नो प्रस्ताव पेश गरेका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावको जवाफसहित ३८ पेजको ५३ बुँदे प्रस्ताव पेश गरेका हुन् ।

ओलीले पेश गरेको प्रस्ताव अध्ययनका लागि सचिवालय सदस्यहरुलाई वितरण गरिएको छ । प्रस्ताव अध्ययन गरी छलफलका लागि अर्को बैठक मंसिर १६ गतेका लागि बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा १६ गते दिउँसो एक बजे बस्ने बैठकले दुई अध्यक्षका प्रस्तावमाथि छलफल अगाडी बढाउने नेताहरुले बताएका छन् ।

प्रस्ताव पेश गर्ने क्रममा ओलीले कात्तिक २८ गतेको बैठकमा दाहालले पेश गरेको प्रस्ताव र सो प्रस्तावमा उठेका प्रश्नहरुको जवाफ समेत दिएका छन् । ओलीले पेश गरेको प्रस्ताव अध्ययनका लागि सचिवालय सदस्यहरुलाई वितरण गरिएको छ । बैठकमा सचिवालय सदस्यहरुले पार्टीभित्र देखिएको समस्या र संकटहरुको समाधान गर्न छलफलवाटै निकाल्नुपर्नेमा जोड दिएका छन् ।

अध्यक्षद्वय ओली र दाहाल तथा अन्य सचिवालय सदस्यहरुले पार्टीको एकता बलियो बनाउनुपर्ने विषयमा जोड दिएका हुन् । नेकपाले स्थानीय कमिटी बैठक मंसिर १८ मा र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाइएको छ ।