काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ७ सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जम्मा १० हजार ४ सय ६० पीसीआर परीक्षण गर्दा १ हजार सात पुरुष र ७ सय ९६ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय २२ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ५ सय ९९, भक्तपुरमा ६३ र ललितपुरमा १ सय ६० जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै प्रदेश १ मा २ सय ५९, प्रदेश २ मा ५६, बागमतीमा ९ सय ४० र गण्डकीमा एक सय छ जना संक्रमित थपिएका छन् । त्यस्तै लुम्बिनीमा २ सय २४, कर्णालीमा ३४ र सुदुरपश्चिममा ८४ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २ सय ३७ रहेको छ । तिमध्ये १० हजार ९ सय ४४ होम आइसोलेसनमा र ६ हजा र२ सय ९३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ३ सय ५४ जनाको सघन उपचार कक्षमा र ५४ जना भेन्टिलेटरमा उपचार भैरहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १२ सय ३६ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९ हजार ४ सय ३५ जना पुगेको छ । कोरोना संक्रमणमुक्त हुनेको संख्या ९१ दशमलब नौ प्रतिशत रहेको छ ।
कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १७ लाख १० हजार ४ सय ६० पीसीआर नमूना परीक्षण गरिएको छ । अहिले देशभरका क्वारेन्टिनमा ६ सय एक जना बसिरहेका छन ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ ।