बुटवल : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । मन्त्री बनेपछि पहिलो पटक गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री पौडेललाई काँग्रेस कार्यकर्ताहले बुटवल नेपालगञ्ज सडकमा कालो झण्डा देखाएका हुन् ।
अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको भन्दै कांग्रेस कार्यकर्ताले विरोध जनाएका हुन् । बुटवलमा रहेको लुम्बिनी प्रदेशको अस्थायी राजधानी दाङ सार्ने निर्णय भएपछि पौडेलको रुपन्देहीमा आलोचना हुँदै आएको छ । कालो झण्डा देखाउने कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ ।