काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ हजार ३ सय पाँच पुगेको हो । संक्रमितको मृत्यु दर शुन्य दशमलब छ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै एकैदिन २ हजार ३ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या १ लाख ९३ हजार ३ सय २५ पुगेको छ । कोरोना संक्रमणमुक्त हुनेहरु ८८ दशमलब चार प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८ हजार १ सय ४४ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १३ पुरुष र ६ सय सय ६१ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या २ लाख १८ हजार ६ सय ३९ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६ सय ८५, ललितपुरमा १ सय ६५ र भक्तपुरमा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या १२ हजार ९ सय ८४ छ ।
शनिबार सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार ८३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । त्यसैगरी प्रदेश १ मा ७८, प्रदेश २ मा ३२, गण्डकी प्रदेशमा १ सय ८४, लुम्बिनी प्रदेशमा २ सय १७, कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशमा ६० जना कोरोनभाइरस संक्रमित थपिएका छन् ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या २४ हजार नौ रहेको छ । तीमध्ये १७ हजार २ सय छ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ६ हजार ८ सय ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
संक्रमित मध्ये ३ सय ३६ जना आईसीयु र ४७ जना भेन्टिलेटरमा रहेका छन् । कोरोना भाइरस संक्रमण पहिचानका लागि हालसम्म १६ लाख ५२ हजार ४३ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले देशभरका क्वारेन्टिनमा बस्नेहरुको संख्या ७ सय ५७ जना रहेको छ ।