भारतद्वारा नेपाललाई २८ वटा भेन्टिलेटर सहयोग
काठमाडौं : भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो । भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सहयोग जारी रहने बताए ।
स्वास्थ्यमन्त्री ढकालले नेपालमा संक्रमण दर बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै बढी सक्रिय संक्रमित र गम्भिर खालका विरामी भएको ठाउँमा भेन्टिलेटर पठाउने बताए ।
कोरोना भाइरस संक्रमण सुरु भएदेखि नै भारतले नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएको छ । विगतमा औषधि लगायतका सामाग्री समेत भारतले सहयोग गरेको थियो ।