भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

0

काठमाडौं : अश्लील शब्द मिसाउँदै र्‍याप गाइरहेका भिटेन ‘समिर घिसिङ’लाई पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । गीत, संगीतलाई लिएर भिटेनलाई पक्राउ गर्नुपर्ने कुनै कारण नदेखिएको भन्दै उच्च अदालतले यस्तो आदेश दिएको हो ।

मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भिटेनमाथि धरपकड नगर्न भन्दै प्रहरी प्रधान कार्यालय र केन्द्रीय साइबर ब्यूरोको नाममा कारण देखाऊ र अन्तरिम आदेश जारी भएको हो । अश्लील शब्द र महिलामाथि अपमानजनक गाली गरेको छिल्लो म्युजिक भिडियोलाई लिएर प्रहरीले भिटेनको खोजी थालेको थियो ।

त्यसपछि उनले उक्त गीत युट्युबबाट हटाएका थिए । घिसिङले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाउँदै कात्तिक १६ मा उच्च अदालत निषेधाज्ञा सम्बन्धी रिट निवेदन दिएका थिए ।

Leave A Reply

Your email address will not be published.