संगीतकार उदय शमशेर राणाको निधन
काठमाडौं : संगीतकार उदय शमशेर राणाको निधन भएको छ । राणाको ७५ बर्षको उमेरमा मंगलबार राति अमेरिकाको सियाटलमा निधन भएको हो । उनको जन्म बिक्रम सम्बत २००२ साल माघ २१ गते भएको थियो ।
राणा नारायण गोपाल र गोपाल योञ्जनका समकालिन हुन । राणाको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, मधु क्षेत्री, प्रकाश श्रेष्ठ, मीरा राणा, प्रदीपराज पाण्डे लगायतका दर्जनौ हस्ति गायक र गायिकाहरुले गीत गाएका छन् ।
उनका ओम गुरुङले गाएको पहिलो भेट मीठो याद हुन्छ, ओमविक्रम विष्टले गाएको भन्नै सकिन मनका कुरा, उदितनारायण झा र मिरा राणाले गाएको ‘किन किन देखेर तिमीलाई’ जस्ता गीत चर्चित छन् ।
संगीतकार राणाका २ छोरा १ छोरी र श्रीमती छन् । राणा एक दशकदेखि श्रीमती विजया राणा अमेरिकामा बस्दै आएका थिए ।