टर्की र ग्रिसको टापुमा भूकम्प, २२ जनाको मृत्यु
एजेन्सी : टर्की र ग्रिसको टापुमा भूकम्पका कारण घर भत्किँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । टर्कीको एइजिन तट र सामोसको ग्रिस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ म्याग्नेच्युटको भूकम्प गएको हो । तर टर्कीले भने ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
भूकम्पका कारण टर्कीको इज्मिर प्रान्तमा मात्रै २० जनाको मृत्यु भएको छ । ७ सय ८६ जना घाइते भएका छन् । यस्तै सामोसमा दुई जनाको मृत्यु भएको छ । भूकम्पपछि आएको सुनामीका कारण इज्मिर र सामोसमा बाढी आएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा उद्दारको कार्य जारी रहेकाले मृतकको संख्या बढन सक्ने बताइएको छ । टर्कीको इज्मिरमा सन् १९९९ मा गएको भूकम्पमा परी करिब १७ हजार मानिसको मृत्यु भएको थियो ।