बेल्जियममा कोरोना संक्रमण अत्याधिक बढ्यो, सरकारद्वारा लकडाउनको घोषणा

0

बेल्जियममा कोरोना महामारीबाट सँक्रमित र मृत्‍यु हुनेहरुको संख्या तिब्रताले ब्रिद्धी हुन थाले पछी बेल्जियम सरकारले आईतवार रातीबाट लागु हुने गरी छ हप्ताको बन्दाबन्दी ( लकडाउन ) लागु गरेको छ ।

शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अलेक्जान्दर द क्रूले यसको घोषणा गरे । स्ठानीय, प्रादेशिक सरकारका प्रतिनिधि र स्वास्थ्य बिशेषज्ञ एबम आपत्कालिन बिभागका पदाधिकारी संंगको छलफल पछी अत्याबस्यकीय सेवा, खाद्य पसलहरु र औषधी पसल बाहेकका पसलहरु बन्द गर्ने निर्णय गरिएको छ।

बार पब र रेस्तुरेन्टहरु एबम अन्य जमघट हुने स्थान १९ अक्तोबरबाट बन्द गरिएका थिए । सरकारी एबम निजी संस्थाका कामकाज ईन्टरनेटको माध्यम ( टेलेवर्क ) बाट गर्न अनिबार्य गरिएको छ, टेलेवर्क सम्भब नभए सामाजिक दुरी र मास्कको प्रयोग गरेर मात्र कर्मचारीहरुलाई काम लगाउनु पर्ने छ । राती लगाइने कर्फ्युलाई निरन्तरता दिईएको छ । बोर्डर खुला हुने छन भने यात्रा गर्न बन्देज लागाइएको छैन ।

नोभेम्बर दुई बाट सुरु हुने शरद ऋतुको बिद्यालय छुट्टीलाई केही दिन थपेर १५ नोभेम्बर सम्म बनाइएको छ, त्यसपछी पनि दुरी कायम गरेर कक्षा सन्चालन गर्नु पर्ने छ, विश्वबिद्यालयहरुलाई ल्याब कक्षा र प्र्याक्टिकल बाहेक भिडियो कन्फरेसिङको माध्यमले पढाई जारी राख्न भनिएको छ ।

फ्लेमिश प्रान्तीय सरकारले अस्पतालहरुको क्षमताले बिरामी धान्न समस्या हुने अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपतकालको घोषणा गरेको । यसबाट आपतकालिन सेवा दिन र नयाँ सँरचना बनाउन चली रहेका नियम निलम्बन गर्न सकिने छ र अवस्थाअनुकुल नियम लागु गरेर स्वास्थ्य सेवा सन्चालन गर्न सकिने छ ।

छिट्टै सामान्य अबस्थामा फर्किन लकडाउनको पालना गरी सहयोग गर्न सरकारले देशबासीलाई बिशेष अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.