राष्ट्रवादको चर्को भाषण गर्ने वर्तमान सरकार कुटनीतिक पहलमा असफल : पूर्व राजदूत उपाध्याय

0

कपिलवस्तु : भारतका लागि नेपालका पूर्व राजदूत दीपकुमार उपाध्यायले सरकारले नेपालको कुटनीतिक तहको सम्वन्धमा भारत हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै अघि बढेको आरोप लगाएका छन् ।

प्रेस यूनियन कपिलवस्तुले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले चर्को राष्ट्रवादको भाषण गर्ने वर्तमान सरकार कुटनीतिक पहलमा भने असफल भएको बताएका हुन् । सरकारले आफ्ना दुई ठुला छिमेकीसँग कुटनीतिक सम्वन्ध मजबुत बनाउन चुकेको उनको भनाइ छ ।

नेपाली कांग्रेसका नेता समेत रहेका पूर्व राजदूत उपाध्यायले भाषण उखान र टुक्कामा मात्रै राष्ट्रवाद झल्काउने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जन चाहना अनुरुप काम गर्न नसकेको पनि बताए ।

कोरोना भाइरस संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको उनको आरोप छ । जनअपेक्षा भन्दा सरकार पार्टीभित्रको विवादमा रुमलिएको पूर्व राजदूत उपाध्यायले बताए ।

Leave A Reply

Your email address will not be published.