काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैंका बेला गर्दै आएको चियापान यस वर्ष नगर्ने भएको छ । कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने चियापान कोरोना महामारीका कारणले कांग्रेसले स्थगित गरेको हो ।
बिक्रम सम्बत २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि कांग्रेसले वर्षेनी कोजाग्रत पूर्णिमाको दिन चियापान गर्दै आएको थियो ।