
देब पौडेल “देबु”
सोह्र हजार पर्वत र झोलुगें पुलको जिल्लाको नामले प्रसिद्ध बाग्लुङ जिल्ला नेपालको एकिकरण पूर्व चौविसे राज्य अन्तर्गत पर्दथ्यो जुन समयमा कोट कोटबाट भुरे टाकुरे राजाहरूले राज्य चलाउँदथे। ती कोट मध्ये यस जिल्ला अन्तर्गत पर्ने गल्कोट बिहुँकोट, संसारकोट, अर्नाकोट र माझकोट प्रसिद्ध थिए ।
पुरानो व्यवस्थामा एक नगरपालिका र ५९ गाविस रहेको बागलुङमा अब चार नगरपालिका र ६ गाउँपालिका भएका छन् । नयाँ कायम भएका नगरपालिकामा बागलुङ नगरपालिका, गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र जैमिनी नगरपालिका रहेका छन् ।
जिल्लाकै नामबाट बागलुङ नगरपालिका, बाइसे–चौबिसे राज्य हुँदाको तत्कालीन गलकोट राज्यको नामबाट गलकोट नगरपालिका नामकरण गरिएको छ । यस्तै, जैमुनी ऋषिको नामबाट जैमुनी नगरपालिका नामकरण गरिएको छ । मुलुककै एकमात्र सिकार आरक्ष रहेको ढोरपाटनको नामबाट ढोरपाटन नगरपालिकाको नामकरण गरिएको छ । बागलुङ नगरपालिकाको बागलङ सदरमुकाम, गलकोटको हरिचौर, ढोरपाटनको बुर्तिवाङ र जैमुनीको कुश्मीसेरामा केन्द्र निर्धारण गरिएको छ ।
जिल्लाका ६ गाउँपालिकामध्ये पाँच वटाको नाम खोलाको नामबाट राखिएको छ जसमा काठेखोला, ताराखोला, बडीगाड खोला, तमानखोला र निसीखोला रहेको छ ।
बरेङ गाउँपालिकालाई मात्र ठाउँको नामले नामकरण गरिएको छ ।
पूर्वमा पर्बत,पश्चिममा रुकुम र रोल्पा,उत्तरमा म्याग्दी,दक्षिणमा गुल्मी र प्युठान जिल्ला संग सिमाना जोडियको यस जील्लाको
क्षेत्रफल: १७८४ बर्ग किलोमिटरछ भने
औषत लम्बाई: ८२.५ किलोमिटर र
औषत चौडाई: २३.८२ किलोमिटर छ।
बाहुन , क्षेत्री र मगर जातीको बाहुल्यता रहेको यस जिल्लामा कामी ,नेवार,सार्कि,गुरुगं,दमाई र थकाली लगायतका जातीको बसोबास छ।
*नेपाली हाते कागजको लागि ताराखोला, तमान, वुंगादेभान,
*बुट्टेनलीको लागि सदरमुकाम, जलजला, अमरभुमी(२०० बर्ष को ईतिहास बोकेको बुट्टेनली
बागलुङ भित्रने जो कोहीले बुट्टेनलीका बारेमा जिज्ञासा राखेकै हुन्छन् – यो के हो ? कसरी बनाइन्छ ? तर, यसको स्पष्ट जवाफ जिल्लाका अधिकाँशसँग छैन ।
संस्कृति र जोडिएका यी बुट्टेनली हातले कुँदेर तयार पारिन्छ । बागलुङको पहिचानका रुपमा राष्ट्रिय/अन्तर्राष्ट्रिय रुपमा प्रख्यात रहे पनि पुस्तान्तरण नहुँदा यो कला लोप हुने अवस्थामा छ,
*राडीपाखीको लागि पाण्डवखानी, वुंगादोभान, निसी र रणसिंहकिटेनी,
*स्लेट ढुङ्गाको लागि तारा, अर्गल, अमरभुमी, नरेठाटी, हरिचौर, जैदी (व्याडथला )रेश, नीसि, मल्म, दमेक
*कार्भिङ ढुङ्गाको लागि कुश्मीशेरा, अमलाचौर लगायत गाविसका स्थानहरू नेपालमै प्रख्यात छन
ग्वालीचौरको नागी पर्ब,
बागंलुग बजारको हनुमान नॉच,
बागंलुग कालिकामाईको मन्दिरमा लाग्ने चैत्रअष्टमि मेला,
गलकोट पाण्डवखानीको मगर समुदायमा लोकप्रिय सती घाँटु मेला,
बुर्तिबागंको पुर्णिमा मेला,
ताराखोला गाउँपालिकाको ऐतिहासिक भुष पोल्ने पर्व ,
गल्कोट क्षेत्रका मगर समुदायले मनाउने सिस्नो खोस्ने मेलाले आफ्नै किसिमका मौलिकता र इतिहास बोकेका छन।
ढोरपाटन शिकार आरक्ष(जुन नेपालको एक मात्र शिकार आरक्ष हो), नब निर्माण गरियको एशिया कै लामो पुल( बागंलुग नगरपालीका) ,घुम्टेको धुरि, गॉजाको धुरि,गाई घाटको झरना( गल्कोट)पंचकोट सिद्दधाम, भैरवथान,जैनीनेश्वर(कुश्मीसेरा) घोडाबॉधे,बागंलुग कालिकामाई आदि स्थानहरु धार्मिक एवंम अन्य पर्यटकीय महत्ब बोकेका स्थानहरु हुन।
यसरि भौगोलिक, सॉस्कृतिक हिसाबले बनेको हाम्रो जिल्ला नेपालको मान चित्रमा सानो नेपाल वा नेपाल भित्रको नेपाल भनेर पनि चिनिन्छ।यो जिल्ला नेपालमै सबै भन्दा बढि रेमिट्यान्स भित्राउने जिल्लामा पर्दछ, त्यसैले हामिहरु धेरैनै मात्रामा बिदेशमा रहेछौ भन्ने बुझौ, जिल्ला जसरि बहुजाति, बहुभाषी, बहु सन्स्क्रिती र भौगोलिक अबस्थाको समिश्रणबाट बनेको छ त्यसरिनै अहिले हामीले बनाउन खोजेको बागंलुग अंतरराष्ट्रीय संजालमा पनि जिल्ला झल्काउने खालको संरचना तयार गरौ, “एक थुकि सुकि, सयौ थुकि नदि “ भने जस्तै सबै मिलेर हाम्रो जन्मस्थलको सम्पन्नताको लागि हातेमालो गरौ।जय बागंलुग 🙏🏿
बडा दशै तथा दिपावली २०७७सालको मंगलमय शुभ-कामाना🙏🏿🙏🏿
देब पौडेल “देबु”
बागंलुग-२,बागंलुग
हाल-बेल्जियम