राज्य विप्लपको मुद्दा खेपीरहेका सिके राउतलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपनि माग गरे बमोजिमको धरौटी रकम जम्मा गर्न नसकेपछि जेल चलान भएका छन्।
विशेष अदालतले मंगलबार राउतलाई ५० हजार रुपैया धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
विशेष अदालत स्रोतले दिएको जानकारी अनुसार राज्य विप्लबको आरोपमा मुद्दा खेपीरहेको राउतले अदालतको माग अनुसारको धरौटी बुझाउन नसकेपछि डिल्लीबजार कारागार चलान गरिएको छ।
एक हप्ता लामो बयान र बहस पश्चात विशेष अदालतका अध्यक्ष न्यायाधीश मोहनरमण भट्टराई, न्यायाधीशद्धय भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार सिवाकोटीको इजलासले राउतसँग धरौटी मागेको थियो।
नेपालबाट मधेसलाई अलग गर्नु पर्छ भन्ने माग अघिसार्दै तराईमा गतिविधि गरेको आरोपमा भदौको दोस्रोसाता पक्राउ परेका राउतविरुद्ध राज्यविप्लवको मुद्दा दायर भएको थियो। अदालतमा बयान दिनेक्रममा राउतले आफ्नो भनाई फेर्दै मधेसलाई अलग राष्ट्र बनाउने अभियानमा नलागेको जवाफ दिएका थिए।
सरकारले उनी विरूद्ध राज्य विप्लवको आरोप लगाउँदै जन्म कैदको माग गर्दै मुद्दा दायर गरेको छ। राउत धरौटीमा रिहा भएपछि मुद्दाको अन्तिम किनारा लाग्न केही समय लाग्ने निश्चित छ।
हङकङ—हजारौं लोकतन्त्र समर्थकहरु सडकमा उत्रेर हङकङका मुख्य सडकमा प्रदर्शन गरिरहेका छन्। प्रहरीले अश्रुग्यास प्रहार गर्दै सडकबाट पछि हट्न दिएको चेतावनी बेवास्ता गर्दै उनीहरुको सडक प्रदर्शन जारी छ। प्रदर्शनका कारण बैक, स्कूल बन्द भएका छन्। प्रदर्शनको असर यातायातमा पनि परेको छ। सोमबार बिहान हङकङ स्टक एक्सचेञ्ज एक प्रतिशत गिरवाट कारोबार...