प्रधानमन्त्री ओली र ‘रअ’का प्रमुखबीच भेट
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलबीच भेट भएको पुष्टि भएको छ । प्रेस सल्लाहकार सुर्य थापाले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग बालुवाटारमा भेट गरेको पुष्टि गरेका हुन् ।
भेटका क्रममा नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने विषयमा कुरा भएको विज्ञप्तीमा उल्लेख छ । पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा पनि कुराकानी भएको थापाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र माधब नेपाल र पुष्पकमल दाहालले भने विज्ञप्ती निकालेर गोयललाई नभेटेको दावी गरेका छन । भारतसँगको सीमा र नक्सा लगायतको विवाद कुटनीतिक तवरवाट हल गर्नुपर्नेमा गुप्तचरसँग प्रधानमन्त्रीले भेट गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ ।
भारतको गुप्तचर संस्था ‘रअ’ का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित नौजनाको टोली बुधबार काठमाडौं आएको थियो ।