
नेपाली जन संपर्क समिति युरोपले आगामी अधिबेशन र कार्ययोजना तयार गर्ने बिषयमा युरोपमा रहेका नेपाली काङ्रेशका नेता एबम शुभचिन्तकहरु सँग छलफल र सुझाब सहित बैठक सम्पन्न गरेको छ ।
समितिका महामन्त्री गंगाधर गौतमका अनुसार नेपाली जनसम्पर्क समितिका सभापतिहरुले यूरोप जनसंपर्क समितिले खेलेको महत्वपुर्ण भूमिकाको प्रसंसा गर्दै आगामी ६ महिना भित्र युरोप महादेश भित्रका सबै जनसंपर्क समितिहरुमा कृयाशिल सदस्यता बितरण,अधिबेशन संपन्न र गठन हुन बाकी देशहरुमा नयाँ समितीहरुको गठन गरि दोस्रो अधिबेशन आयोजना गर्न सुझाब दिएका छन ।
सन २००६ मा गठन गरिएको समितीले नियमित अधिबेशन गर्न नसकेको र युरोपमा रहेका नेपाली काङ्रेश सदस्यहरु बिचको बिबादको कारण केन्द्रबाट आधिकारिक मान्यता पाउन सकेको छैन । नेपाली काङ्रेशको बिधानमा ब्यबस्था नभए पनि नेपाली जन संपर्क समन्वय समिति युरोपका कार्यक्रमहरुलाई नेपाली काङ्रेशका नेताहरुले औपचारिक सम्बोधन गर्ने र समितिका पदाधिकारीहरुलाई केन्द्रका कार्यक्रममा सहभागि बनाउदै आएका छन ।
कार्यक्रम सहभागी अधिकान्स बक्ताहरुले अधिबेशन गर्न , युरोपमा भएका जन संपर्क समितिको सहमति र एकताका आधारमा अघी बढ्न र नेपाली काङ्रेशको बिधानमा संगठनको आधिकारिकतको ब्यबस्था गर्न प्रयास गर्नु पर्ने सुझाब दिएका थिए ।
कार्यक्रमको अन्ततिर सबैका बिचार सुनेर तयार पारिएका टिपोटलाई अन्तिम रूप दिदै सस्थाका महामन्त्री गंगा धर गौतमले सभापति एब उपस्थित सबैको सहमतिमा अधिबेशन आयोजनाका लागि ५ समिती निर्माणको प्रस्ताब गर्दै आगामी आइतबार युरोप महादेश भित्रका सभापतिहरु र बर्तमान कार्यसमितिको संयुक्त बैठकबाट निर्णय गरेर अगाडि बढ्ने घोषणा गर्नू भएको थियो।
१/ नेपाली जनसम्पर्क समन्वय समिति युरोपको दोस्रो अधिबेशनको मिती स्थान र समय तय गर्दै ब्यबस्थापन समिती गठन गर्ने।
२/ नेपाली काँग्रेस केन्द्रिय समिती र नेपाली कांग्रेस जनसम्पर्क समन्वय बिभाग संग समन्यवका लागी समन्वय समिति गठन गर्ने।
३/ दोस्रो अधिबेशन संपन्न गर्न निर्बाचन समिती गठन गर्ने।
४/ नेपाली जनसंपर्क समिति यूरोपले बिधान समितिका संयोजक नारायण प्रसाद आचार्यको संयोजकत्वमा गठित बिधान समितिले तयार पारेको बिधान पास गरि केन्द्रिय कार्यालयमा बुझाइएको सन्धर्भमा पार्टिको पछिल्लो संसोधित बिधान बमोजिम संसोधन गर्न बिधान समिती गठन गर्ने।
५/ दोस्रो अधिबेशनको आयोजना,युरोपेली मुलुकका जनसंपर्क समितिहरुको एकरुपता र यूरोप जनसम्पर्क समितिको बैधानिक मान्यताका लागी युरोपेली जनसंपर्क समितिका सभापतिहरु संग परामर्स गर्न समन्वय समिती गठन गर्ने।।
संगठनका बरिष्ठ उपसभापती पूर्ण हमालले स्वागत गर्नु भएको कार्यक्रममा सभापति दिल बहादुर गुरुङले सबैलाई पटक पटक दोस्रो अधिबेशन संपन्न गरि युबाहरुलाई नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको हुदाँ सहयोगको लागी अपिल गर्दै बैठकको समापन गर्नू भएको थियो।