प्रदेश सरकारको घोषणा : संक्रमितको नि:शुल्क उपचार गर्छौं

0

काठमाडौं : प्रदेश १ र लुम्बिनी प्रदेशले कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने घोषणा गरेका छन् । संघीय सरकारले निश्चित वर्ग बाहेकको परीक्षण र उपचार नगर्ने निर्णय बिपरीत प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले निशुल्क उपचार गर्ने घोषणा गरेका छन् । “लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको छ”, पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् । लगत्तै अन्य प्रदेशले पनि निशुल्क उपचार गराउने घोषणा गरेका छन् ।

सरकारले कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नपर्ने निर्णय गरेको थियो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले अब कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने बताएका थिए । आर्थिक रुपमा विपन्न, अशक्त, असाहय अवस्थाका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत क्षेत्रमा रहेकाहरुमा लक्षण भए मात्रै परीक्षण र उपचारमा निशुल्क हुने समेत जानकारी दिएको थियो । अझ कोरोना बीमा गरेको भए परीक्षण र उपचार खर्च बीमा रकमबाबटै कट्टा गर्ने सरकारले निर्णय गरेको छ । 

तर, मंगलबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले नियमित पत्रकार सम्मेलनका क्रममा सरकारले अनुचित निर्णय गरेको जनाएका छन् । सरकारको निर्णयले आमसाधरणलाई चिन्तित बनाएको छ भने आलोचना तीव्र बनेको छ । संक्रमित संख्या लगातार बढिरहेकाले पनि सरकारको निर्णयको विरोध भएको छ । 

मंगलबार मात्रै देशभरि कोरोना भाइरसको संक्रमण तीन हजार ९३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षणका क्रममा तीन हजार ९३ जनामा संक्रमण छ ।  तीमध्ये एक हजार १७४  महिला र एक हजार ९१९ पुरुष  छन् । 

Leave A Reply

Your email address will not be published.