नेपाली ब्यबसायी संघ बेल्जियमले सदस्यहरुलाई बिज्ञ सेवा दिने

नेपाली व्यबसायी सँघ बेल्जियमको यहि १९ सेप्टेम्बर २०२० मा बसेको अनलाइन बैठ्ठकले बेल्जियममा रहेका नेपाली व्यबसायी हरुलाई भाषिक ज्ञान, कानुनी ज्ञान, प्राबिधिक ज्ञान को कमीले आउने समस्या समाधानमा सहजीकरण गर्ने उदेश्यले बिभिन्न क्षेत्रको ज्ञान भएका, अनुभब भएका साथै बिज्ञता हासिल गरेका ब्यक्तिहरुको टोली गठन भएको सन्दर्भमा अब यसलाइ सक्रिय बनाउदै लैजाने निर्णय गरेको छ।
हाल सम्म् नेपाली व्यबसायी मध्यकै केहि भाषिक ज्ञान, केहि अनुभब र केहि प्राबिधिक ज्ञान भएकाहरु रहेको यो टोलीमा बेल्जियममा कानुन व्यबसाय गरिरहेका कानुनी बिज्ञ तथा व्यबसाय शुरुवात गर्दा गाइड गर्ने ( Business stater coach) लाई सहभागि गराइसकेको छ, भने नोटारिस तथा बुकहाउदर( Accountant) लाई यस टोलीमा जोड्नको लागि पहल भैरहेको छ ।
कानुनी सेवा दिने बिज्ञलाई शुल्क तिर्नु पर्ने भएमा केहि प्रतिशत छुट दिनुको साथै केहि प्रतिशत नेपाली व्यबसायी सँघले ब्यहोर्ने छ भने बाँकि कानुनी सेवा लिने व्यबसायी बेहोर्न पर्नेछ।
अबधारणा: सामान्यतया यो टोलीलाई ३ वटा सेग्मेन्टमा बिभाजन गरिएको छ।
पहिलो सेग्मेन्ट: यसमा नेपाली व्यबसायीहरु मध्यबाट केहि अनुभब भएका केहि भाषिक ज्ञान भएका तथा केहि प्राबिधिक ज्ञान भएका हरु रहने छन। यदि कुनै व्यबसायीको समस्या आयो भने पहिला यो सेग्मेन्टमा छलफल हुन्छ। यदि समस्या सामान्य रहेछ र यहि सेग्मेन्टमा सामाधान हुने रहेछ भने यहिँनै टुग्गिने छ।
दोस्रो सेग्मेन्ट: यसमा नेपाली व्यबसायी भन्दा बाहिरका बिभिन्न बिषयमा ज्ञान भएका ब्यक्तिहरु रहने छन। पहिलो सेग्मेन्टमा समाधान नहुने समस्या यो सेग्मेन्टमा आउने छ। सामान्यतया यो सेग्मेन्टमा नि-शुल्क काम गरिदिने व्यक्तिहरुनै रहने छन। अर्थात पहिलो सग्मेन्टका व्यक्तिहरुको चिनजान व्यक्तिहरु जुन चिनजानको नाताले निशुल्क बताइदिने व्यक्तिहरु हुने छन।
तेस्रो सेग्मेन्ट: यसमा बिभिन्न बिषयमा बिज्ञता हासिल गरेका प्रोफेसनलहरु रहने छन। यो सेग्मेन्टमा स-शुल्क काम गर्नेहरु रहनेछ । यो सेग्मेन्टमा यदि समस्या जटिल प्रकृतिको रहेछ र पहिलो र दोस्रो सेग्मेन्टमा सामाधान नहुने भए मात्र यहाँ आइपुग्छ।
यस हिसाबले कुनै पनि नेपाली व्यबसायीको समस्यालाइ पहिचान एबं बर्गिकरण गरि समाधानका लागि सहजीकरण गरिने छ।
ब्यक्तिगत समस्याको गोपानियता के हुन्छ त?
तपाँइको व्यक्तिगत समस्याको गोपनियताको एकदमै सम्मान हुने छ। तपाँइले तिन तरिका बाट आफ्नो समस्या यो टोलि सम्म पुर्याउन सक्नुहुनेछ।
- यो टोलिमा रहेका सदस्यहरु मध्य तपाँइले बिश्वास गर्ने कुनै एक सदस्यलाई आफ्नो समस्या बारे बताउन सक्नुहुनेछ। गोपनियता हुन पर्ने समस्या हो भने उक्त व्यक्तिले तपाँइको नाम नलिइकन समस्या बारे बताउने छ र समस्याको प्रकृति हेरेर प्रथम, द्वितय वा तृतीय सेग्मेन्टमा जाने छ।
- उक्त टोलिमा बिश्वास गर्ने वा मनले खाएको व्यक्ति कोहि छैन भने इमेल वा म्यासेजबाट सम्पर्क गर्न सक्नुहुनेछ। यसमा पनि सम्सयाको प्रकृति अनुसार प्रथम, द्वितय वा तृतीय सेग्मेन्टमा जाने छ।
- गोपनियताको कारणले इमेल वा म्यासेज पनि गर्न नमिल्ने भए अन्य कसैको साहायताबाट वा अन्य कुनै माध्यामबाट समस्या यहाँ सम्म पुर्याउन सक्नुहुनेछ।
युट्युब च्यानल:
व्यबसायी सँघ बेल्जियमले बेल्जियममा रहेका नेपाली व्यबसायीहरुलाइ बिभिन्न बिषयमा ज्ञान,अनुभब, परिबर्तित नियम कानुन, व्यबसायीक प्रकृया, कानुनी प्रकृया लगायतका कुराहरु शेयर गर्नको लागि आफ्नै युट्युब च्यानल पनि बनाइसकेको छ । भबिष्यमा बिभिन्न बिज्ञहरु सँग बिभिन्न शिर्षकमा कफि गफ वा टल्क सो किसिमको कार्यक्रम पनि संन्चालन गर्ने योजना संघको रहेको छ। यस्ता कार्यक्रममा नयाँ ब्यासायीक अबसरहरुको सबल पक्ष एबं दुर्बल पक्ष र चुनौतीहरुको बारेमा छलफल गरिने छ।
साधारण सभा:
नेपाली व्यबसायी सँघको यहि जुलाइमा गर्नुपर्ने साधारण सभा कोरोना भाइरस रोग कोभिढ- १९ को कारणले रोकिएको र यो कोभिढ-१९ को निधान हुने अनिष्चित रहेकाले कार्ययोजना कार्यन्वयन तथा प्रगति बिबरण नेपाली व्यबसायी सँघको सदस्यहरु माझ पुर्याउन पर्ने दायित्वबोध गर्दै यहि नोभेम्बर ९ तारिक सोमबारका दिन वेबिनार मार्फत डिजिटल साधारण सभा गर्ने निर्णय गरेको छ।
यसको बारेमा निमन्त्रणा तथा कार्यक्रम बिबरण चाडै प्रकासन हुने छ ।
उक्त दिनलाइ नेबाबको साधारण सभाको लागि छुट्टाउनु हुन गैर आबासीय नेपाली सँघ अन्तराष्ट्रिय समन्वय परिषदका पधाधिकारीज्युहरु तथा सदस्यज्युहरु र बेल्जियममा रहेका सबै नेपाली सँघसँस्थाका अध्यक्ष तथा प्रतिनीधिज्युहरु, पत्रकारज्युहरु र नेपाली व्यबसायी सँघका साधारण सदस्यहरुलाइ सबिनय सुचित गर्दै ब्यबसायी सँघ बेल्जियम अनुरोध गर्दछ।
कोल्राइट सँगको सहकार्य:
त्यसैगरि नेपाली व्यबसायी सँघ बेल्जियमले बेल्जियमको लोकपृय सुपरमार्केट कोल्राइट सँग सह कार्य गरि यसका सम्पुर्ण सदस्यहरुलाई ५ % छुटको व्यबस्था गरेको र नेबाबको नाममा छुट्टै कार्ड समेत जारि गरेको सन्दर्भमा केहि सदस्यहरु छुट्नुभएको र केहि नयाँ व्यबसायी सदस्यहरु पनि थपिनु भएकोले पुन कोल्राइटलाइ सम्पर्क गरि छुट्नुभएको तथा नया सदस्यहरुलाई उक्त सुबिधाको लागि पहल गर्ने निर्णय गरिएको छ। यसर्थ आँफु कोल्राइटको यो सुबिधाबाट छुट्नुभएको छ भने सम्पर्क गर्नुहुन पनि अनुरोध गरिएको छ।
केही साथीहरुले कोल्राइटको कार्ड पाइएन भनेर गुनासो गर्नुभएको सन्दर्भमा यो छुट तपाँइहरुको भ्याट नं को आधारमा हुने हुनाले कार्ड भए पनि नभए पनि यो सुबिधा रहने छ। कार्ड भए सुबिधा पाउने नत्र नपाउने भन्ने होइन। व्यबसायी साथिहरुको छुटेको कार्ड पनि बनाइ ठेगना सम्म पुर्याउनको लागि छिट्टै पहल गरिनेछ।
मदन दवाडी ,
महासचिब
नेबाब