दशैंको आज चौथो दिन, कुष्माण्डा देवीको पूजाअर्चना गरिँदै

0

काठमाडौं : नेपालीको महान् चाड दसैंको चौथो दिन आज कुष्माण्डा देवीको विशेष पूजाअर्चना गरिँदैछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।

उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ । शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बलि समेत चढाउने गरिन्छ ।

दशैँको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका नौ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । आजपनि देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा नित्य पूजा मात्रै गरिँदै छ ।

राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्काली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा गरिन्छ ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्दकाली, ताप्लेजुङको पाथिभारा, गोरखाको मनकामनालगायतका शक्तिपीठहरुमा विशेष पूजा गरिन्छ । कोरोना त्रासका कारण यो बर्ष सर्वसाधारणलाई मन्दिर प्रवेशमा भने रोक लगाइएको छ ।

Leave A Reply

Your email address will not be published.