नेपाली जनसंपर्क विश्व सन्जालको युरोप शाखामा शेखर कंडेल

0

नेपाली काँग्रेसको सिद्धान्तमा आस्था राख्ने विश्वभरी छरीएर रहेका नेपालीहरूको सँगठन नेपाली जनसम्पर्क विश्व सञ्जालले युरोप र अफ्रिकामा यसको महादेशीय शाखा गठन गरेको छ ।


गत अक्टोबर १८ गते सम्पन्न भर्चुअल भेलाले बेलायत निवासी शेखर काँडेलको संयोजकत्वमा युरोप समिति गठन गरेको छ । उपसंयोजकमा बेलायतका तस्वीर लामा र जर्मनीका विजय मोक्तान चयन भएका छन् । महासचिवको जिम्मेवारी डेनमार्कका यमलाल सुवेदीलाइ दिइएको छ भने सह-सचिवमा क्रमशः पोर्चुगलका सुरेन्द्र अम्गाइ र बेलायतका कृष्ण खरेललाइ चयन गरिएको छ। त्यसै गरि कोषाध्यक्ष र सह-कोषाध्यक्षमा क्रमशःनर्वेकी विष्णुमाया अधिकारी र स्पेनबाट अञ्जु तिमिल्सिना चयन भएका छन् ।


सदस्यहरूमा कृष्ण अधिकारी (नेदरल्याण्ड), नारायण दवाडी (लक्जम्बर्ग),भाबा मल्ल (इटाली ),अशोक घिमिरे (पोर्चुगल),हीरालाल सापकोटा (स्पेन) र रामकृष्ण पूडासैनी (स्पेन) रहेका छन् । आवस्यकता र औचित्यका आधारमा कार्यकारिणी विस्तार,हेरफेर र थपघट गर्ने अख्तियारी भेलाले संयोजकलाइ प्रदान गरेको छ ।


सोही भेलामा विश्व सञ्जालका संयोजक विष्णु सुवेदीद्वारा विश्व सञ्जालका संरक्षक र सल्लाहकारहरू मनोनित गरिएको बारे जानकारी गराइएको थियो ।

जस अनुसार सल्लाहकारहरूमा माधव आचार्य (स्वीटजरलैण्ड) धुर्ब पौड़ेल (बेल्जियम) इन्द्र बहादुर क्षेत्री (बेल्जियम) शुक्रराज न्यौपाने (आयरल्याण्ड) बिज्ञान प्रसाई (बेलायत) श्रीकृष्ण सूबेदी (इटाली) नबिन पौड़ेल (डेनमार्क) त्रिलोचन सापकोटा (डेनमार्क) ठाकुर प्रसाद शर्मा (नेदरल्याण्ड) र तिलक गैरे (पोर्चुगल),अफ्रिकाबाट हिक्मत थापा, एशिया प्रशान्तबाट धर्मराज अधिकारी, सुवास लोहीनी र प्रकाश धमला,ओसियाना क्षेत्रबाट दिनेश जोशी (अस्ट्रेलिया) रहेका छन् ।


त्यसै गरि सञ्जालका संरक्षकमा किरण प्रधान (फ्रांस), विश्व आदर्श पण्डित (बेलायत) , दुर्गा आचार्य (अष्ट्रेलिया) र डा. यादव पण्डित ( युएसए ) रहेका छन् ।

विश्व सञ्जालले अफ्रिकाको संयोजकमा विष्णुदत्त भट्टलाइ मनोनित गरेको छ । निकट भविष्यमै भेला बोलाइ अफ्रिकन महादेशीय समिति गठन गर्ने जिम्मा संयोजकलाइ प्रदान गरिएको छ ।

भेला पछि संक्षिप्त प्रतिकृया दिँदै विश्व संयोजक विष्णु सुवेदीले निकट भविष्यमै बाँकी महादेशमा पनि शाखाहरू गठन गरिने जानकारी गराए । विश्व काँग्रेस गठन गरिनुको उद्देस्यको बारेमा बोल्दै उनले यो सँगठन काँग्रेस र देशलाइ सकेको दिनको लागि निर्माण गरिएको र यसले देश र काँग्रेसबाट लिनु पर्ने केहि नरहेको हुँदा यसलाइ यसै रूपमा बुझ्न आग्रह गरे ।

करीब सात घण्टा चलेको उक्त भेलामा युरोप लगायत विश्वभरबाट बाक्लो सहभागिता रहेको थियो । भेलाको सभापतित्व नेदरल्याण्डका हरी पौडेल,सञ्चालन महामन्त्री चिन्तामणी सापकोटा र विशेष आतिथ्यता विश्व संयोजक विष्णु सुवेदीले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.