काठमडौं : सरकारले कोरोनाको उपचारबाट हात झिकेको भन्ने भनाइ गलत रहेको जनाएको छ । । संक्रमितको उपचार खर्च नब्यहोर्ने निर्णय भएकोमा त्यसको बचाउ गर्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राज्यले सबै नागरिकको उपचारको प्रबन्ध गर्ने बताएका हुन् ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै उनले सक्नेले पैसा तिर्न र नसक्ने विपन्न वर्गलगायत ज्येठ नागरिक, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको उपचार सरकारले गर्ने स्पष्ट पारे ।
सरकारले कोरोना संक्रमितको उपचारका लागि संरचना बढाउनुका साथै उपचारको सुबिधा थप गरेको पनि मन्त्री गुरुङले दावी गरे । उनले काठमाडौं उपत्यकामा रहेका क्वारेन्टिन सेन्टरहरुलाई आईसोलेसनमा परिणत गरिएको पनि जानकारी दिए ।