भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

0

काठमाडौं : भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ कोरोना संक्रमित भएका छन् । उनले आज ट्वीट गर्दै पीसीआर परीक्षणको नतिजा पोजिटिभ आएको जानकारी दिएका हुन् ।

मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेका छन् । संक्रमण पुष्टि भएपछि मन्त्री नेम्वाङ मन्त्री क्वाटरमै आइसोलेसनमा बसेका छन् ।

कोरोना संक्रमित हुने नेम्वाङ तेस्रो मन्त्री हुन् । यसअघि पर्यटनमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि संक्रमण भएको थियो । दुबै जना आइसोलेसनमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.