सरकारले कुरा मात्र होइन काम पनि गरेको छ : प्रधानमन्त्री

0

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुरा मात्र नगरी काम पनि गरेको स्पष्ट पारेका छन् । झापाको दमक नगरपालिकामा निर्माण हुने दमक अस्पताल भवनको भर्चुअल माध्यमबाट आइतबार शिल्यान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रा कामबाट आत्तिएकाहरुले नकारात्मक अफवाह फैलाउने गरेको गुनासो गरे ।

प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण ध्यान मुलुकको विकासमा केन्द्रित रहेको बताए । उनले नयाँ रेल ल्याइसकेको, पूर्वपश्चिम रेलको तयारी भएको, तुइन बिस्थापन भएको लगायतका कामहरु भएको जानकारी दिए । कोरोना संक्रमण फैलिने दर रोक्न र यसलाई निर्मूल गर्न सरकार लागि परेको दाबी पनि गरे ।

कोरोनाका कारण विकास प्रयासमा केही व्यवधान खडा भएपनि विभिन्न ठाउँमा शिलन्यास र सरकारी भवनहरु निर्माण भइरहेको प्रधानमन्त्रीको भनाइ छ । उनले सुरूमा कोरोना नियन्त्रण गर्न सकिए पनि पछिल्लो अवस्थामा फैलिरहेको पनि बताए ।।

Leave A Reply

Your email address will not be published.