चीनसँगको सीमा विवाद समाधान गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0

काठमाडौं : चीनसँगको सीमा विवाद समाधान गर्न नेपाली कांग्रेस कर्णाली प्रदेशले सरकारलाई ज्ञापन पत्र बुझाएको छ । नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले हुम्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

शाहीले चीनले नेपाली भुमि मिचेको निष्कर्ष निकाल्दै प्रजिअ चिरञ्जीवी गिरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा चीनले नेपालीमाथि हेपाहा प्रवृति देखाएको भन्दै सीमा विज्ञ टोलीको व्यवस्था गरी विवादलाई समाधान गर्न माग गरिएको छ ।

शाही केही दिनअघि चीनसँगको सीमा क्षेत्रको अनुगमन गरेर फर्केका थिए । नेता शाहीको टोलीले लाप्चा भञ्ज्याङमा रहेको १२ नम्बर पिलरलाई चीनले एकतर्फी रुपमा पुननिर्माण गरेको, लोलुङजोनमा निर्माण भएको भौतिक संरचना नेपाली भुभागमा परेको, हिल्सामा रहेको पिलरलाई अन्तर्राष्ट्रिय नियम उल्लंघन गरी घेरबार गरेको र किट क्षेत्रमा रहेको जंगी पिलर ढालेको दावी गरेका छन् ।

Leave A Reply

Your email address will not be published.