काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण नेपालमा थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बाँकेमा थप २ जनाको मृत्यु भएको हो भने चितवनमा थप एक जनाको मृत्यु भएको हो ।
भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई जनाको गएराति मृत्यु भएको हो । मृत्युु हुनेमा नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगरका ६१ वर्षीय पुरुष र उपमहानगरपालिका १८ कारकाँदोकी १८ वर्षीषा युवती रहेका छन ।
योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ । बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचार गर्न आएका १३ जनासहित बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या ४२ पुगेको छ ।
त्यस्तै चितवनमा एकजना वडा सदस्यको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । खैरहनी नगरपालिका १२ का वडा सदस्य बद्री बहादुर पान्डेको गएराति मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । ४९ वर्षीय पान्डे क्यान्सरबाट समेत ग्रसित थिए ।