काठमाडौं : ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्यूठानको झिमरुक गाउँपालिका ७ घर भई नवलपरासीको कावासोती नगरपालिका १६ बस्ने १९ वर्षीय नविन बस्नेत रहेका छन् ।
उनले फेसबुकमा ‘बलात्कारी संगठन’ नामक पेज तथा समूह बनाई बलात्कार जस्तो जघन्य अपराध गर्न दुरुत्साहन गर्ने तवरले अश्लील सामाग्री पोष्ट गरेका थिए ।
बस्नेतले आपत्तिजनक सामग्री पोस्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका कार्य गरेको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोवार ऐन अन्र्तगत कारवाही अघि बढाइने प्रहरीले जनाएको छ । उनी एक साता लामो अनुसन्धानपछि पक्राउ परेका हुन् ।