भूमिगत समूहका गतिविधि निस्तेज पार्न गृहमन्त्रीको निर्देशन

0

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले भूमिगत समूहका गतिविधि निस्तेज पार्न निर्देशन दिएका छन् । ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी मुख्यालय नक्सालमा आयोजित कार्यक्रममा उनले भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा बाधा पैदा गर्ने कोसिस गरिरहेको भन्दै त्यस्ता गठबन्धन र समूहलाई निस्तेज पार्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री थापाले प्रहरीका हजारौं राम्रा कामलाई नजरअन्दाज गर्दै औंलामा गन्न सकिने कार्यगत त्रुटिलाई मात्रै प्रचार प्रसार गरिएको गुनासो पनि गरे ।

गृहमन्त्री थापाले नराम्रोलाई पटक–पटक नराम्रो भन्न नहिचकिचाउने समाज राम्रोलाई प्रशंसा गर्न शब्द खर्च गर्न कन्जुस्याई गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले अपराधको प्रवृति विश्लेषण गरेर रणनीतिक रुपमा योजनावद्ध तरिकाले अगाडि बढ्न पनि प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीको रासन लगायतका सुविधामा समयानुकूल सुधार गर्दै लैजाने प्रतिबद्धता पनि गृहमन्त्री थापाले जनाए ।

Leave A Reply

Your email address will not be published.