कर्णाली प्रदेशका सांसदले आज नेकपाका शीर्ष नेतासँग छलफल गर्दै

0

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताले आज मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका नेकपा कर्णाली प्रदेशका सांसदसँग छलफल गर्दैछन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन् ।

अविश्वासको प्रस्ताव यथावत राखेर नेताहरुले सांसदहरुलाई छलफलका लागि काठमाडौं बोलाएका हुन । बैठकमा प्रदेश सांसदहरुमा देखिएको विवादमा सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् । अविश्वास प्रस्ताव दर्ता गराउने अधिकांश नेता छलफलका लागि राजधानी आइसकेका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुले शाहीलाई नै साथ दिएपछि तत्काललाई अविश्वास प्रस्तावको समस्या भने टरिसकेको छ । शाहीले कर्णाली प्रदेश सरकारकै बदनाम हुने गरी काम गरेको असन्तुष्टको आरोप छ ।

Leave A Reply

Your email address will not be published.