सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, दर्जनौं घाइते

0

सर्लाही : प्रहरीले हत्याको छानविन नगरेको भन्दै सर्लाहीकाे मलंगवामा भएकाे विराेध प्रदर्शनमा कांग्रेस कर्याकर्ता तथा सुरक्षाकर्मीबीच दाेहराे झडप भएकाे छ । दुबै तिरबाट ढुंगा हानाहान र लाठी चार्ज भएकाे हो ।

झडपमा प्रहरी नायब उपरिक्षक मदन कुंवरसहित १६ जना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन ३१ राउण्ड अश्रु ग्यास प्रहार भएकाे जिल्ला प्रहरी कर्यालय सर्लाहीले जानकारी दिएकाे छ ।

कांग्रेसका २ जना कर्याकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कांग्रेस सर्लाही जिल्ला सभापति नागेन्द्र रायले दिएकाे जानकारी अनुसार १३ जना पार्टी कर्याकर्ता घाइते भएका छन् । घाइतेहरूकाे उपचार सर्लाही असपताल मलंगवामा भइरहेकाे छ ।

Leave A Reply

Your email address will not be published.