उत्तर कोरियाले शनिवार राजधानी प्योङयाङमा सैन्य परेड तथा आधुनिक हतियार प्रदर्शन गरेको छ ।
सत्तारुढ वर्कर्स पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा देशभर भव्य कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उत्तर कोरियाली नेता किम जोङ उन पनि सहभागी भएको बताइएको छ ।
सो क्रममा उत्तर कोरियाले पहिलो पटक आफ्ना अत्याधुनिक हतियारको प्रदर्शन गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । परेडमा प्रदर्शन गरिएका हतियार बारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।
उत्तर कोरियाली नेता किम जोङ उनले सैन्य परेडमार्फत आफुलाई कम नआक्न सन्देश दिन खोजेको अन्र्तराष्ट्रिय सञ्चारमाध्ममको भनाइ छ । चीनका राष्ट्रपति सि जिनपिङले किम जोङलाई बधाई सन्देश पठाउदै सम्बन्ध अझै मजबुत पार्न चाहेको बताएका छन् ।
जिनपिङले पछिल्ला वर्षहरुमा उत्तर कोरियाले पाएको सफलताबाट आफू धेरै खुसी भएको पनि बताएका छन् ।
अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिकिदै गएका बेला प्योङयाङले पुनः आफ्नो शक्ति प्रदर्शन गरेको हो । सन् २०१८ मा अमेरिकासँग वार्ता गरेयता उत्तर कोरियाले सैन्य शक्ति प्रदर्शनका क्रममा आणविक हतियारहरुको प्रर्दशन गरेको थिएन ।
फेब्रुअरीमा वार्ता भंग भएपछि उसले छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षणको क्रमलाई निरन्तरता दिएको छ ।