‘ह्वाइट हाउस कोरोना संक्रमणको केन्द्र बन्दै’

0

एजेन्सी : संक्रामक रोग सम्बन्धी अमेरिकी विज्ञ डाक्टर एन्थोनी फाउचीले ह्वाइट हाउसको आलोचना गरेका छन् । सेप्टेम्बर अन्तिमदेखि भिडभाडयुक्त कार्यक्रमका कारण राष्ट्रपति कार्यालय कोरोना भाइरसको संक्रमणको केन्द्रका रुपमा देखिएको भन्दै उनले आलोचना गरेका हुन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य समेत रहेका फाउचीले राष्ट्रपति कार्यालयमा संक्रमण फैल्याउने किसिमका कार्यक्रमहरु भएको बताएका हुन । सर्वोच्च अदालतको न्यायाधीशको रुपमा एमी कोनी ब्यारेटको नाम घोषणाका लागि भिडभाडयुक्त कार्यक्रम गर्दा संक्रमण फैलिएको उनको भनाइ छ ।

सो कार्यक्रममा सहभागी भएका ट्रम्पका धेरै सहयोगी तथा सल्लाहकारसहित ह्वाइट हाउसका कर्मचारी समेत संक्रमित भएका छन् ।

ट्रम्प आफैं पनि संक्रमित भएर उपचारको क्रममा छन् । संक्रमणमुक्त भए लगत्तै सार्वजनिक कार्यक्रम गर्न चिकित्सकहरुले स्वीकृति दिएपछि फाउचीको पछिल्लो भनाइ आएको हो ।

Leave A Reply

Your email address will not be published.