बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु

0

बाँके : बाँकेमा दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । कोहलपुर नगरपालिका ९ पिपरीका ३८ वर्षीय युवक र दाङको घोराही उपमहानगरपालिका–तीनको १५ वर्षीय बालकको शुक्रबार राति उपचारको क्रममा मृत्यु भएको हो ।

१४ गते कोरोना संक्रमण पुष्टि भएका कोहलपुरका पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । दाङका किशोर असोज १९ गते अस्पताल भर्ना भएका थिए ।

बाँकेमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका १२ जनाको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.