कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

0

काठमाडौं : कोरोना भाइरस संक्रमणबाट झापा, दमकका एक जना पुरुषको मृत्यु भएको छ । दमक नगरपालिका–९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो ।उनी असोज १८ गते अस्पताल भर्ना भएका थिए ।

त्यस्तै सप्तरीमा कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा रहेका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा डाकनेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय वृद्ध रहेका छन् । स्वास्थ्य अवस्था गम्भिर भएपछि उपचारका लागि धरान लैजाने क्रममा उनको मृत्यु भएको हो ।

Leave A Reply

Your email address will not be published.