कोरोना संक्रमणका कारण रुपन्देही र बाँकेमा एक–एक जनाको मृत्यु
काठमाडौं : रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । गत असोज १२ गते संक्रमण पुष्टि भएका सिद्धार्थनगर नगरपालिका ५ का ४७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
यस्तै बाँकेमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत विरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ८२ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५८० पुगेको छ ।