प्रदेशसभा बैठकमा कांग्रेस सांसदहरुद्वारा तोडफोड

0

काठमाडौं : प्रदेश नम्बर ५ को राजधानीमा असन्तुष्ट प्रदेशसभा सदस्यहरुले त्यहाँको बैठकहलमा रहेका कुर्सी टेवल तोडफोड गरेका छन् । बैठक सुरु हुनासाथ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीलाई रोष्ट्रममा जान रोकेका सदस्यहरुले केहीबेरपछि त्यहाँ रहेका कुर्सी तोडफोड गरेका हुन् ।

नेपाली कांग्रेसका सांसदहरुले कुर्सी तोडफोड गरेका हुन् । तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए ।

Leave A Reply

Your email address will not be published.