कांग्रेसका थप ३ केन्द्रीय सदस्यलाई कोरोना संक्रमण, केन्द्रीय समिति बैठक स्थगित

0

काठमाडौं : नेपाली कांग्रेसका थप ३ जना केन्द्रीय सदस्यलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि केन्द्रीय समितिको बैठक स्थगित भएको छ । सोमबार (भोलि)का लागि बोलाइएको बैठक केन्दीय सदस्यहरुलाई कोरोना संक्रमण भएपछि स्थगित गरिएको हो ।

१४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेसले भोलि सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । बैठकका लागि केन्द्रीय सदस्यहरुको पीसीआर टेष्ट गरिएको थियो ।

परीक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठमा कोरोना संक्रमण देखिएको छ । यस्तै काठमाडौं बाहिर परीक्षण गराएका केन्द्रीय सदस्यहरु रमेश रिजाल र अजयकुमार चौरसियामा पनि कोरोना पुष्टि भएको छ ।

भोलिका लागि बोलाइएको बैठक असोज २५ गते बस्नेगरी स्थगित गरिएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.