आजका लागि बोलाइएको नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं : नेकपा सचिवालय बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज अपरान्ह चार बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै आइतबारसम्मका लागि स्थगित गरिएको हो । बैठक भोलि अपरान्ह चार बजेका लागि तय गरिएको छ ।
शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सचिवालय बैठक बोलाउने सहमति भएको थियो ।
सचिवालय बैठकमा राजदूत नियुक्ति र मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल गर्ने तयारी छ । प्रधानमन्त्री ओलीले पार्टीसँग सल्लाह नगरी राजदूतहरू नियुक्त गरेको भन्दै नेकपामा असन्तुष्टि बढेको छ ।