कोशी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

0

विराटनगर : विराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगरकी ६८ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । विराटनगर महानगरपालिका–३ घर भएकी उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

संक्रमण पुष्टि भएपछि उनी गत असोज ११ गते अस्पताल भर्ना भएकी थिइन् । कोशी अस्पतालमा हाल ३९ जना संक्रमितको उपचार भैरहेको छ । जसमध्ये पाँच जना सिकिस्त भएकोले उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हालसम्म केन्द्रमा पाँच सय ११ जना उपचारका लागि भर्ना भएका छन् । जसमध्ये चार सय ५१ जना निको भएर घर फर्केका छन् ।

Leave A Reply

Your email address will not be published.