भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नजिक

0

एजेन्सी : भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नजिक पुगेको छ । आज विहानसम्म भारतमा कोरोनावाट मृत्यु हुनेको संख्या ९८ हजार ७ सय आठ पुगेको हो ।

भारतमा दैनिक एक हजारको हाराहारीमा कोराना संक्रमितको मृत्यु भैरहेको छ । पछिल्लो चौबिस घन्टामा त्यहा एक हजार १ सय ७९ जनाको मृत्यु भएको छ । साथै ८६ हजार ७ सय ४८ जना संक्रमित थपिएका छन् । योसँगै भारतमा कुल संक्रमित संख्या ६३ लाख १० हजार २ सय नाघेको छ ।

संक्रमितमध्ये ५२ लाख ७० हजार संक्रमणमुक्त भएका छन् । विश्वमा एकैदिन तीन लाख १२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ६ हजार १ सय ६४ जनाको मृत्यु भएको छ ।

आठ दिनपछि पुनः एकैदिन मृत्यु हुनेको संख्या ६ हजार नाघेको हो । योसँगै संक्रमित संख्या तीन करोड ४१ लाख ५४ हजार नाघेको छ । तीमध्ये १० लाख १८ हजार ७ सय भन्दा बढीको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी दुई लाख ११ हजार ७ सय ४० र ब्राजिलमा एक लाख ४३ हजार ९ सय ६२ जनाको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.