नेदरल्यान्ड्समा नेपाली युबाले गरे नयाँ आबिस्कार

0

बेल्जियम बस्ने नेपाली युबा अजय अधिकारीको समुहले प्याच कॉन्फ़िगरेशन संबंधि नयाँ आबिष्कार गरेको छ । यसबाट बिज्ञान प्रबिधिको क्षेत्रमा बिकासको नयाँ अध्याय थपिएको छ । आर्टिफिसियल इन्टेलिजेन्स प्रबिधिको यो आबिष्कारले ड्रोनको निगरानीबाट लडाकु बिमानहरुलाई बचाउन सक्नेछ ।

नयाँ सोधको पहिलो चरण प्रयोगशालाको परिक्षण सम्पन्न भएको र सफल भएको छ । अजयको आबिष्कारले तय बैज्ञानिक मापदन्ड अनुसार अन्तररास्ट्रिय कानुनी मान्याता प्राप्त गरे पछी बिमानहरुमा वा अन्य बस्तुमा ड्रोनको निगरानीबाट बचाउन यो प्रबिधिको प्रयोग हुने छ ।

सैन्य सामाग्री पत्ता लगाउन ड्रोनमा प्रयोग हुने एल्लो डिटेक्टर भनिने निगरानी प्रणालीलाई छ्क्याएर यो आबिस्कारले लडाकु बिमानहरुलाई बिरोधीहरुको निशानाबाट सुरक्षित राख्न सक्नेछ । ड्रोन क्यामराबाट कुनै ब्यक्तिको अनुहार या अन्य कुनै बस्तु लुकाउन पनि यसको प्रयोग गर्न सकिने छ् ।स्वचालित ड्रोनले छायान्कन गर्ने डाटा र श्रब्यद्रिश्यहरुलाई सुरक्षित गर्न प्रबिधी सहयोगी सिद्ध हुनेछ ।

नेदरल्यान्डको अप्लाइड साइंटिफिक रिसर्च सेन्टरको लागि अजय अधिकारीको समुहले गरेको अनुसन्धानले पत्ता लगाएको यस प्रबिधीले बस्तु र ठाउको निगरानी गर्ने प्रबिधिको जगतमा नयाँ सोचको बिकास गर्ने विश्वाश गरिएको छ । बिभिन्न अन्तररास्ट्रिय बैज्ञानीक जर्नलहरुले उनीहरुको आबिष्कारका बारेमा लेखहरु प्रकाशित् गरी सकेका छन भने नेदरल्यान्डमा सन १९३२ मा स्थापना भएको अप्लाइड साइंटिफिक रिसर्च सेन्टर नेदरल्यान्डसले यसको स्वामित्वको बैधानिक प्रकृया पुरा गरी रहेको छ ।

नेपालको कास्की जिल्लामा जन्मिएर बुवा राज अधिकारी र आमा कान्ती अधिकारीसँग बेल्जियममा बस्दै आएका अधिकारी एक बर्ष अघिबाट यो अनुसन्धानमा लागेका थिए ।

Leave A Reply

Your email address will not be published.