
गैर आबासीय नेपाली संघको आगामी अक्टोबर तीन र चार गते हुने १३ रौ युरोपियन मीटिङ , ११ औ महिला भेला र दोश्रो ज्ञान सम्मेलनको तयारी र त्यसमा प्रस्तुत हुने बिषयबस्तुको बारेमा जानकारी दिने उद्द्यस्यले भर्चुअल पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
“मातृभूमिको लागि सिप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान “ नाराका साथ हुन लागेको युरोपियन बैठकको तयारीको बारेमा जानकारी दिदै एनआरएनए युरोप सन्योजक नारायण आचार्यले कोभिड १९ को कारण प्रबिधीको माध्यमले गर्न लागिएको कार्यक्रमलाई परिणाममुखी बनाउन सक्दो प्रयास भैरहेको बताउनु भयो । बिज्ञ भेला , महिला भेला र युबा भेलाले सम्बन्धित क्षेत्रका समस्या र समाधानका उपायहरुको बारेमा छलफल गर्ने, आगामी कार्ययोजना तयार गर्ने , एनसिसी र आईसिसी समन्वय र प्रभाबकारीता बिस्तार गर्ने हेतुले, हिजोका कमी कमजोरी र आगामी लक्ष निर्दिष्ट गर्ने गरी छलफल भैरहेको सोही अनुसार सम्मेलनमा छलफल र बहस गर्ने तयारी रहेको पनि पत्रकारहरुको जिज्ञाशामा सन्योजक आचार्यले प्रष्ट पार्नु भयो ,
एनआरएन अभियानमा महिलाहरुको सशक्तिकरण सह्भागिता एबम महिला समस्याका बारेमा अनुराधा कोइराला , किरण बज्रचार्य , मनिषा कोइराला , राम कुमारी झाक्री , डिना उपाध्याय लगायतले आफ्ना सुझाब दिनु हुनेछ भने बिज्ञहरुको कार्यक्रमको तयारीका लागि राजु आर्यल, डा बोधराज सुबेदी , डा सुनिल शाह र चिरन्जिबी खड्काले गृहकार्य गरी रहनु भएको बताइएको छ ।
त्यसै गरी प्रचार प्रसार र मिडिया सन्योजनको लागि एनआरएनए युरोप उपसन्योजक शुक्रराज न्यौपाने , आइसिसी र एनसीसी सन्योजनको लागि उपसन्योजक कृष्ण तिमील्सिना , एनसीसीहरुको गतिबिधी र प्रगती प्रतिबेदन एबम आगामी कार्ययोजनाको बारेको कार्यक्रमको लागि उपसन्योजक मुक्त गुरुङले सन्योजन र गृहकार्य गरीरहेको उहाहरुले जानकारी गराउनु भयो । गैर आबासीय नेपाली नागरिकता बारेमा आईसीसी सदस्य सुभाश जोशी, इमिग्रेशन बारेमा आईसीसी सदस्य चिंतामणी सापकोटा र महिलाहरुको लागि महिला सन्योजक योगीता थापा र युबाहरुको बारेमा युबा सन्योजक जयक्रिष्ण ठाकुरको टिमले तयारी गरीरहेको छ ।
भर्तुअल मीटिङको प्राबिधिक पक्ष शशी श्रेष्ठ लगायत सचिबालयको प्राबिधिक टिमले गर्ने तयारी गरिरहेको छ ।
नेपाल सरकारका पर्यटनमन्त्री योगेश भट्टराई , शिक्षा मन्त्री गिरिराजमणी पोख्रेल, युबानेता गगन थापा , मिनेन्द्र रिजाल , प्रकाशशरण महत , गंगालाल तुलाधर लगायत गैर आबासीय नेपालीहरु सँग सम्बन्धित सरकारी निकाय र संस्थाका प्रतिनिधिहरु र संघका अध्यक्ष कुमार पन्त लगायत केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।