कोरोनाबाट नेपालमा थप ८ जनाको मृत्यु, १५३९ संक्रमित थपिए, १०६८ जना डिस्चार्ज

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको मन्त्रालयले बताएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा १०६८ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।