कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालाको ज्वरो बढेपनि उनी आज विहान ओम अस्पताल भर्ना भएका हुन् ।
विहान छ बजे उनलाई अस्पताल भर्ना गरिएको हो । उनको आईसीयुमा राखेर उपचार भैरहेको छ । अस्पताल गएपछि ज्वरो घटेको सचिवालयले जनाएको छ ।
कोइरालामा अघिल्लो मंगलबार कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी होम आइसोलेसनमा बसेका थिए ।