आन्तरिक हवाइ उडान र लामो दुरीको यातायात असोज १ देखि नै खुल्ने

0

काठमाडौं : सरकारले कोरोनाका कारण लामो समयदेखि जारी बन्दाबन्दीलाई थप खुकुलो बनाउने निर्णय गरेको छ । मन्त्रीपरिषदले छ महिनादेखि बन्द यातायात र हवाइ सेवा सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले असोज एक गते देखि नै लामो दूरीको सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्ले बुधबारदेखि लामो दूरीकाका सवारी साधन खोल्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिएका हुन । सरकारले तोकिएको भाडामा अधिकतम पचास प्रतिशत बढीसम्म भाग लिन पाउने निर्णय पनि गरेको छ ।

यात्रु राख्दा क्षमताको पचास प्रतिशतमात्र राख्नुपर्ने नियम बनाइएको छ । सरकारले सीमा नाका असोज तीस गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । भदौ एकतिस गतेसम्म रोक लगाइएको सीमा नाकालाई थप एक महिना बन्द गर्ने निर्णय मन्त्रीपरिषदले गरेको हो । नेपाल भारतबाट नेपाल प्रवेश गर्ने इलामको पशुपतिनगर र दार्चुलाको खलंगा पुलको दुई नाका खुला गर्ने निर्णय पनि भएको छ । यसअघि नै सरकारले दश नाका खुला गर्ने निर्णय गरिसकेको छ ।

त्यस्तै चीनतर्फको रसुवागढी नाका पनि खुला गर्ने निर्णय सरकारले गरेको छ । सरकारले अन्तरिक हवाई उडान र होटल रेष्टुरेन्टहरु पनि असोज एक गतेबाटै खुला गर्ने भएको छ । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने नियम बनाइएको छ । त्यस्तै नेपालमा सञ्चालित विभिन्न परियोजनाका लागि आवश्यक पर्ने जनशक्ति विदेशबाट ल्याउन खुला गर्ने निर्णय पनि सरकारले गरेको छ । त्यसका लागि ७२ घण्टाभित्रको पीसीआर, आडीटी नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्नेछ ।

त्यस्तै सरकारले पूर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्री केपी ओलीका प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेको छ । मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी उनलाई सल्लाहकार नियुक्त गरिएको हो ।

Leave A Reply

Your email address will not be published.